sangam.org

Local Governance and Accountability Facility (LGAF)

संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय अन्र्तगत स्थानिय शासन उत्तरदायि संयन्त्रको आर्थिक सहयोगमा सञ्चालित स्थानीय निकायको कानुनी तथा नितीगत व्यवस्था पालना अनुगमन कार्यक्रम

परिचय

स्थानिय निकायको कानुनी तथा नितीगत व्यवस्था पालना अनुगमन कार्यक्रमको जन उत्तरदायी तथा जिम्मेवार स्थानीय सरकारका माध्यमबाट गरिवी न्यूनीकरणमा योेगदान पु¥याउने यस परियोजना अन्र्तगत नेपाल सरकारको लक्ष्य अनुरुप सुशासन प्रवद्धन गरि सरल र सुलभ तौरतरिकाबाट नागरिकहरुका सवालको सम्बोधन र स्थानीय निकायबाट प्रवाह गरिने सेवा तथा सुविधामा आम नागरिको पहुँच वृद्धि गरि नागरिकहरुको जीवनस्तर सुधार गर्न योगदान दिने अपेक्षाका साथ संगम म्याग्दीले आ.व.२०७१÷०७२ जिल्लाका ९ गा.बि.स. १ नगरपालीका र जिल्ला विकास समितीमा, २०७२÷०७३ मा जिल्लाका २२ गा.वि.स र जिल्ला विकास समितीमा तथा यस आ.व २०७३÷०७४ मा जिल्लाका साविकका ३१ गा.वि.स. १ नगरपालिका तथा जिल्ला समन्वय समितिको कार्यालयमा यो कार्यक्रम संचालन गर्ने जिम्मेबारी पाई कार्यक्रमा संचालन गरिरहेको छ  ।

उद्देश्य

  • स्थानीय निकायहरूले सम्पादन गरेका कामहरूलाई समुदाय माझ प्रसार गर्ने ।
  • स्थानीय निकायका योजना तर्जुमा, बजेट व्यवस्थापन तथा कार्यान्वयन र अनुगमन सुपरीवेक्षणमा कानुनी र नीतिगत व्यवस्थाहरूको परिपालना अवस्थाको अनुगमन र प्रतिवेदन दिने ।
  • परिपालना अनुगमनबाट पाइएका फरकहरू परिपूर्तिका लागि सम्भाव्य उपायहरूका बारेमा सुझाव दिने ।
  • स्थानीय निकायका क्रियाकलापहरूको बारेमा नागरिक सचेतना अभिवृद्धि गराउने ।
  • बजेट व्यवस्थापन, कानुनी तथा नीतिगत व्यवस्थाका आधारमा परिपालनाको अवस्था अनुगमन तथा सुपरिवेक्षण गर्ने ।
  • स्थानीय निकायलाई अनुगमनपश्चात् सुधारका कार्यहरू कार्यान्वयनमा सहजीकरणका साथै पृष्ठपोषण उपलब्ध गराउने ।
  • सार्वजनिक परिक्षण तथा नागरिक अधिकारयुक्त सेवा सुविधाका बारेमा जानकारी गराउने ।
  • स्थानीय निकायलाई जनताप्रति उत्तरदायी बन्न सहजीकरण गर्ने ।
  • स्थानीय निकायहरूमा सुशासन प्रवद्र्धनमा सहयोग गर्ने ।

कार्यक्षेत्र

  • जिल्ला समन्वय समिति
  • बेनी नगरपालिका
  • अन्नपुर्ण गाँउपालिकाको वडा नं. ८ (साबिक राम्चे गा.वि.स) बाहेकका अन्य वडाहरु
  • धवलागीरी गाँउपालिकाको वडा नं १ (साबिक गुर्जा गा.वि.स) बाहेकका अन्य वडाहरु
  • मंगला गाँउपालिकाका सबै वडाहरु
  • मालिका गाँउपालिकाको वडा नं. ४ (साबिक ओखरबोट गा.वि.स) बाहेकको अन्य वडाहरु
  • रघुगंगा गाँउपालिकाको वडा नं. ५ (साबिक झिं गा.वि.स) बाहेकको अन्य वडाहरु