sangam.org

गरिवि निवारणक का लागि लघु उद्यम विकास (MEDPA) कार्यक्रम अन्तर्गत संचालित सिपमुलक तालिमहरु

date:  2017-04-23

description

स्थानीय स्तर मा रहेका श्रोत र साधन को पहिचान गरी उक्त श्रोतसाधन को आधारमा उद्यमविकास को सम्भाव्यता ,लक्षित समुदायको छनौट, तिनीहरुको इच्छा आवश्यकता र बजारको मागलाई ख्याल गरी लघुउद्यम, उद्यमी को सिर्जना र विकास गरी लक्षित समुदायको आर्थिक अवस्थमा सुधार ल्याई समग्र राष्ट्र कै गरिवी निवारण गर्न मा टेवा पुर्र्याउने लक्ष्य उद्यम विकास कार्यक्रम को रहेको छ।तर्सथ लघु उद्यम को विकास र प्रर्वदन नगरी गरिवी निवारणमा सहयोग पुर्र्याउनका लागि यस कार्यक्रमको ढाँचालाई अनुसरण गरी नेपाल सरकारले स्वीकृत गरेको गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम रणनीतिक योजना २०७०/७१ लाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजान तयार गरिएका कार्यक्रमहरुलाई नियमित र व्यवस्थित रुपमा सञ्चालन गर्नका लागी निर्देशिका समेत तयार गरी देशका विभिन्न जिल्लाहरु मा यो कार्यक्रम सञ्चालनमा रहेको छ।यस तनहुँ जिल्लामा पनि यो कार्यक्रम आ.व. २०७३⁄०७४ का लागि कार्यान्यन को चरणमा रहेको छ।

यस जिल्लामा गरिवी निवरणका लागि लघुउद्यमविकास कार्यक्रम सञ्चालन का लागि घरेलु तथा साना उद्योग विकास समिती मुख्य शाखा  कार्यालय तनहुँ, जिल्ला उद्यम विकास समिति र लघु उद्यमविकास कार्यक्रम क्षेत्रीय कार्यक्रम सहयोग कार्यालय पोखरा पहिलो पक्ष र संगम म्याग्दी संग मिति २०७३ साल पौष १९ गतेका दिन सम्झौता भएको छ।कार्यक्रम सञ्चालनका लागी गाउ पालिका हरु बन्दिपुर, माझकोट, गजरकोट, घिरीदङ्गसुद्दधरा गविसहरु गरी ४ स्थानहरु छनौट भएका छन्।यस आर्थिक बर्षा १३० जनालाई उद्यमशीलता विकास तालिम दिइ १२० जना लघुउद्यमीहरु सृजना गर्ने लक्ष्य लिएको छ।तसर्थ यस संस्था मार्फत छनौट भएका गाविस मा कार्यक्रम सञ्चालनका लागि प्रारम्भिक चरणमा विभिन्न क्रियाकलापहरु सम्पन्न गरिएका छन्।सो को विवरण यस प्रारम्भिक प्रतिवेदन मा समावेश गरिएको छ।

यस कार्यक्रमको सिलसिलामा संचलनमा रहेका सिपमुलक तालिम अंन्तर्गत सिलाईकटाई तालिम घिरिङ्ग सुन्धारामा १७ जाना उद्यमि हरुलाई मिति २०७३।११।९ देखी २०७४।०६ सम्मा ४५ दिने सिपमुलक तालिम संचालनमा रहेको छ त्यस्तै ९० दिनि तालम अंन्तरर्गत ढाका बुनाई वमलनगर मा जम्मा ५ जना साथै बुटिक बनाउने माझकोटमा १४ जाना क्रमस मिति २०७३।११।२० देखी २०७४।२।१७ र २०७३।११।२९ देखी २०७४।२।२६ सम्मा संचालनमा रहेको छ ।त्यसै गरी मध्यम अवधिको तालम मुढा तथा हस्तकला सम्वन्धी तालिम घिरिङ्गसुन्धारा र गजरकोटोट गाविसमा जम्मा २३ जनालाई तलिम संचालन गरीएको छ उत्त तालिम मिति २०७४।१।१० गते समापन गरीने भने होम स्टे तालिम विमलगनरमा १२ जनालाई तालम २०७३।१२।१८ गते बाट ४५ दिनको तालम संचालन गरीएको छ त्यसै गरी छोटो अवधिको लागी सिमविकास तालिम अंतर्गत च्याउ उत्पादन तालम विमलनगर १३ जता गनरकोटमा ९ जना साथै पुटार गजरकोट मा १७ जान उद्यमीहरुलाई क्रमस मिति २०७३ चैत्र १२ चैत्र ११ र चैत्र २५ बाट १५ दिनको तालिम सचालन गरीयो यसैगरी बाँसको मुढा बनाउन माझकोट गाउपालिकामा ११ जान उद्यमी हरुलाई १५ दिनको सिमविकास तालिम मिति २०७३ चैत्र ८ बाट १५ दिनको तालिम संचालन गरी जम्मा १२२ जना उद्यमी हरुलाई सिपविकास तालिम प्रदान गरी उद्यमि बनाउने कार्य भइरहेको छ ।