sangam.org

Micro Enterprise Development for Poverty Alleviation (MED-PA)

१ पृष्ठभूमी

  • स्थानिय स्तरमा रहेका श्रोत र साधनको पहिचान गरी उक्त श्रोत साधनको आधार मा उद्यम विकासको सम्भाव्यता, लक्षित समुदायको छनौट, तिनीहरुको इच्छा आवश्यकता र बजारको मागलाई ख्याल गरी लघुउद्यम, उद्यमीको सिर्जना र विकास गरी लक्षित समुदायको आर्थिक अवस्थमा सुधार ल्याई समग्र राष्ट्रक को गरिवी निवारण गर्न मा टेवा पुर्‍याउने लक्ष्य उद्यम विकास कार्यक्रम को रहेको छ।तर्सथ लघुउद्यम को विकास र प्रर्वदन नगरी गरिवी निवारण मा सहयोग पुर्‍याउन का लागि यस कार्यक्रमको ढाँचालाई अनुसरण गरी नेपाल सरकारले स्वीकृत गरेको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम रणनीतिक योजना २०७०/७१ लाई प्रभावकारी रुपमा कार्यान्वयन मा लैजान तयार गरिएका कार्यक्रमहरुलाई नियमित र व्यवस्थित रुपमा सञ्चालन गर्नका लागी निर्देशिका समेत तयार गरी देशका विभिन्न जिल्लाहरुमा यो कार्यक्रम सञ्चालन मा रहेको छ।यस तनहुँ जिल्ला मा पनि यो कार्यक्रम आ.व. २०७३⁄०७४ का लागि कार्यान्यन को चरणमा रहेको छ।

यस जिल्ला मा गरिवी निवरणका लागि लघुउद्यम विकास कार्यक्रम सञ्चालनका लागि घरेलु तथा साना उद्योग विकास समिती मुख्य शाखा  कार्यालय तनहुँ, जिल्ला उद्यम विकास समिति र लघुउद्यम विकास कार्यक्रम क्षेत्रीय कार्यक्रम सहयोग कार्यालय पोखरा पहिलो पक्ष सँग र संगम म्याग्दी संग मिति २०७३ साल पौष १९ गतेका दिन सम्झौता भएको छ।कार्यक्रम सञ्चालनका लागी बन्दिपुर गाउपालिका, माझकोट, गजरकोट, सुन्धरा गरी ४ स्थानहरु छनौट भएका छन्।यस आर्थिक बर्षा १३० जनालाई उद्यमशीलता विकास तालिम दिइ १२० जना लघुउद्यमीहरु सृजना गर्ने लक्ष्य लिएको छ।तर्सथ यस संस्था मार्फत छनौट भएका गाविस मा कार्यक्रम सञ्चालनका लागि प्रारम्भिक चरणमा विभिन्न क्रियाकलापहरु सम्पन्न गरिएका छन्।सोको विवरण यस प्रारम्भिक प्रतिवेदन मा समावेश गरिएको छ।

 २.लक्ष्य

गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम तनहुँ जिल्ला मा आव २०७३/७४ का लागि गरीवी नीवारणको लागी लघुउद्यम विकास कार्यक्रमक निर्देशीका २०७२ अनुसार १२० जना नया उद्यमी सृजना गरी ५० जना उद्यमीहरुको स्तरोन्नती गर्ने .

कार्यक्रमको ढाँचा अनुसार अति गरिव, महिला, मधेशी, जनजाति, दलित र यूवा हरुलाई समावेशी सिद्धान्तको आधारमा, जिल्लामा उद्यम विकासको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था जस्तै जिल्ला उद्यम विकास समिति, वित्तिय संस्थाहरु र अन्य सरोकारवालाहरु को साझेदारीमा उद्यमशीलताको माध्यम बाट उद्यमीको सृजना तथा लघु उद्यमको विकास गर्दै उनीहरुको आयस्तरमा सुधार गरि नेपाल सरकार को गरिवी निवारणको अभियानलाई सहयोग पुर्‍याउने कार्यक्रमको मुख्य उदेश्य रहेको छ।

 

३. कार्यान्वयनकाविधि र प्रक्रियाहरु

  • गाउँउद्यम विकास समिति तथा जिल्ला उद्यम विकास समिति, घरेलु तथा साना उद्योग विकास समिती र सम्वन्धित गा.वि.स / नगरपालिका प्रमुख लगायतका विभिन्न निकायहरु सँग समन्वय गर्ने।निम्न गतिविधिहरु सञ्चालन गर्ने।
  • सामाजीक परिचालन
  • उद्यमशीलता विकास तालिम
  • सिप विकास तालिम
  • लघु कर्जामा पहुचका लगी सहजिकरण समन्वयन
  • उपयुत्त प्रविधिमा पहुच तथा हस्तान्तरण सहजीकरण
  • बजारिकरण र व्यवसायीक परापर्श

३.१ कार्यान्वयनको अवधारणा  (Approach)

कार्यान्वयनको अवधारणा (Approach) तनहुँ जिल्लामा लघु उद्यम विकास परियोजना संचालन गर्नको लागि यस संस्था ले गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ले अंगिकार गरेको मोडलका ६ वटा ढाँचा/अंगहरुलाई आधार वनाएको छ।यी तत्वहरुको कार्यान्वयन देहाय वमोजिम सिलसिलेवार रुपमा कार्यान्वयन गरिने छ

 ४.सम्पन्न गरिएका क्रियाकलापहरु÷ मुख्य गतिविधिहरु

४.१ कार्यक्रम तयारी

  • संस्थाको कार्यसमितिको बैठकबाट कार्यक्रमको तयारी र कार्य योजनामा छलफल
  • कार्यालय व्यवस्थापन
  • कार्यक्रमको लागि आवश्यक कागजपत्र को तयारी
  • सम्बन्धित निकाय र सरोकार वाला निकायमा समन्वय
  • परियोजनाको लागि जनशक्ति तयारी र अभुमुखीकरण
  • अनुसन्धान विधि तथा कार्यक्रमको तयारी
  • -प्रश्नावली तयार, सामुहिक छलफल, चेक लिष्ट निर्माण र कार्यक्रमको व्यवस्थापन)