sangam.org

गरिवी निवारणका लागी करीब १ कराेड परिचालन

date:  2017-04-17

description

गरिवी निवारण कोषको आर्थिक सहयोगममा म्याग्दी जिल्लामा संगम म्याग्दी मार्फत करिव १ करोड रुपैया परिचालन गरिएकोछ । स्थानिय लक्षित समुदायलाई समावेस गरि सामुदायिक संस्था गठन गर्ने उनिहरुको मागका आधारमा आयआर्जनका तथा साना भौतिक पुर्वाधरका कृयाकलापहरु संचालन गर्दै गरिवी न्युनिकारण गर्न सघाउ पुर्याउने कार्यक्रमको लक्ष्य अनुसार सहयोगी संस्थाका रुपमा गरिवी निवारण कोषले म्याग्दी जिल्लामा २ वटा सहयोगि संस्था छनौट गरि कार्यक्रम संचालन गरिरहेको छ । म्याग्दी जिल्लाका साविकका २१ गा.वि.स. मध्ये संगम म्याग्दी मार्फत १० वटा गा.वि.स. हरुमा कार्यक्रम संचालन गरिदै आएको छ । संगमको कार्यक्षेत्र अन्तरगत अन्नपुर्ण गाउँपालिकाको वाड नं १ साविकको दोवा गा.वि.स., वाड नं ३ साविकको दाना गा.वि.स., वाड नं ६ साविकको घार गा.वि.स., वाड नं ७ साविकको हिस्तान गा.वि.स. रहेका छन । त्यस्तै मंगला गाउँपालिकाको वाड नं ३ र ४ साविकको वरंजा गा.वि.स. रहेको छ । मालिका गाउँपालिकाको वाड नं १ साविकको निस्कोट गा.वि.स., वाड नं ६ साविकको दरवाङ गा.वि.स. र रघुगंगा गाउँपालिकाको वाड नं ३ साविकको राखुपिप्ले गा.वि.स., वाड नं ६ साविकको पाखापानी गा.वि.स., वाड नं ७ साविकको चिमखोला गा.वि.स. रहेका छन ।हाल सम्म साबिकका १० गा.वि.स. हरुमा ९५ वटा सामुदायिक संस्था गठन गरिएको छ । गठन गरिएका सामुदायिक संस्थामा २५९९ घरधुरिका २१११ महिला र ३८८ पुरुष सदस्य सामुदायिक संस्थामा आबद्द रहेका छन । गठन गरिएका सामुदायिक संस्थाहरुमा तिन महिना सम्म खान पुग्ने क वर्गका ११८७ घरधुरि ६ महिना सम्म खान पुग्ने ख वर्गका १०१२ घरधुरि र १२ महिना सम्म खान पुग्ने ग वर्गका ४०० घरधुरि रहेका छन । सामाजिक समावेशिकरणका आधारमा ५२४ दलित १५१९जनजाति र ५५६ अन्य समुदायका घरधुरि सामुदायिक संस्थामा आवद्द भई बिभिन्न आयआर्जनका क्रियाकलापहरु बाख्रा पालन, भैसि पालन, तरकारी खेति, खुद्रा पसल, होटल व्यवसाय, सिलाई कटाई, कुखुरा पालन लगायतका व्यवसाय माग तथा संचालन गर्दै आईरहेका छन ।

कार्यक्रमको सहयोगमा हाल सम्म ३३ वटा सामुदायिक संस्थामा घुम्तिकोष वापत करिव रु.११२६८७४३।– परिचालन गरिएको छ ।गठन गरिएका अरु सामुदायिक संस्थाहरु दर्ता तथा लगानि प्रकृयामा रहेका छन । लगानि गरिएका सामुदायिक संस्थाहरुमा बाख्रा पालन, भैसि पालन, कुखुरा पालन, तरकारी खेति, खुद्रा पसल, होटल व्यवसाय, सिलाई कटाई, लगायतका व्यवसाय संचालन गर्दै आईरहेका छन । सहयोगि संस्था मार्फत कार्यक्रम संचालन गरिएका सामुदायिक संस्थाहरुका सदस्यको क्षमता बिकासका लागि नेतृतव विकास तालिम, समुह व्यवस्थापन तालिम, लेखा ब्यवस्थापन तालिम र विभिन्न व्यवसायका सिपमुलक तालिम हरु संचालन गरिदै आएको छ । सामुदायिक संस्थाका सदस्यहरुलाई सामाजिक तथा आर्थिक रुपमा माथि ल्याउनाका लागि विभिन्न सरकारि तथा गैह्रसरकारि निकाय संग समन्यबका लागि सहजिकरण गरिएकोछ ।